सुदुरपश्चिमका तराईका जिल्लामा शीतलहरले जनजीवन कष्टकर
####good
स्थानीय अस्पतालहरुमा कोल्ड डाइरिया, रुघाखोकी, टाइफाइड तथा निमोनियाका विरामीको चाप बढेको छ भने स्थानीय प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ ।
शीतलहर तथा बाक्लो कुहिरोका कारण नेपालगञ्जबाट मध्यपश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लाको हवाई उडान समेत प्रभावित बनेको छ । शीतलहर तथा कुहिरोले आकाश ढाकेपछि पहाडी तथा हिमाली जिल्लाका सबै उडान मंगलबार देखिनै अवरुद्ध हुँदै आएको छ ।
यसैबीच पश्चिम तराईका जिल्लामा पनि एक सातादेखि बढ्दै गएको चिसोका कारण कैलालीका मुक्त कमैया, सुकुम्बासी, बृद्धबृद्धा, गर्भवती महिला तथा वालवालिका बढ प्रभावित भएका छन् । दिनभर घाम नलाग्दा सर्वसाधारणलाई घरबाट निस्कन मुस्किल परेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment