काम खोज्दै ७२ वर्षकी आमै इँटाभट्टामा
####good
११ पुस, सल्यान । कामको खोजीमा सल्यानकी एक वृद्धा जिल्लाबाट बाहिरिएकी छन् । माझकाँडाकी ७२ बर्षकी बेलकुमारी पुन काठमाडौंको एक इँटाभट्टामा काम गर्न जान लागेकी हुन् । आर्थिक अवस्था कमजोर भएका कारण दैनिक गुजारा चलाउन नसकेर इँटाभट्टामा काम खोज्न जान लागेको उनले बताइन् ।
बस्ने बाससमेत नभएपछि उनी आफन्तसँग सोमबार घरबाट हिंडेकी हुन् । श्रीमानको मृत्युपछि भएको घरजग्गा बिक्री गरेर जीविकोपार्जन गर्दै आउकी उनी सबै सम्पत्ति सकिँदा केही वर्षदेखि छोरीसँग बस्दै आएकी थिइन् ।
छोरीसँग बस्न केही अप्ठेरो भएको र अपांग छोरालाई पाल्न धौधौ भएकाले मजदुरी गरी आफ्नो र छोराको ज्यान पाल्न इँटाभट्टामा मजदूरी गर्न जानलागेको उनले सुनाईन् । ‘गत वर्ष भारतको रुरु भन्ने ठाउँमा मजदुरी गर्न गएको थिएँ । त्यहाँबाट खाइपिई १४ हजार कमाएर ल्याएँ,’ उनले भनिन्, ‘त्यो भन्दा पहिले पनि धेरै ठाउँमा मजदुरी गर्न गइसकेकी छु ।’
घरमा कमाई गर्ने कोही नभएकाले आफैं जानुपरेको उनले बताएको कान्तिपुरमा खबर छ । अनुहारको छाला चाउरी परेकी, आँखा भित्र पसेकी र दाँतसमेत झरेकी उनले भनिन्,’अझै अरुसँगै काम गर्न सक्छु । कति छोरीको भरमा पर्नु । भारतको रुरुसम्म पुगेर त काम गरेर ज्यान पालेँ भने काठमाडौंको इँटाभट्टामा के दुःख होला ।’


####




,

0 comments

Write Down Your Comment