राष्ट्रिय झण्डा ओढेर नेपाल एयरलाइन्स उड्ने, आवरण डिजाइन छनौट
####good
नेपाल वायुसेवा निगमले बाहिरी रंग, आवरण र ढाँचाको नमुना छनौट गरिसकेको छ । निगमले प्रतियोगिता आयोजना गरि एयरलाइन्सको रंग, आवरण र ढाँचा छनौट गरेको हो । प्रतियोगितामा सहभागीमध्ये विश्वास पोखरेलको नमूनालाई निगमले सर्वोत्कृष्ट ठहर गरेको छ । निगमले नयाँ रंग र ढाँचा चीनबाट आयात गरिन लागेका आन्तरिक उडानका विमान र युरोपबाट आयात गरिन लागेका अन्तर्राष्ट्रिय उडानका एयरवसमा प्रयोग गर्ने जनाएको छ ।
नमुनालाई एयरलाइन्सको बाहिरी रंग, आवरण ढाँचाकै रुपमा तोक्ने र पुरानो आवरण ढाँचालाई क्रमशः प्रतिस्थापन गर्ने निगमले निर्णय गरेको छ । इच्छुकहरुलाई नमुना ढाँचा प्रस्तुत गर्न निगमले कात्तिकमा सूचना प्रकाशित गरेको थियो । जसमा ३१ जनाले ६२ वटा नमूना पठाएका थिए ।
पाँच जना विज्ञ समुहको मूल्याङ्कनपछि पोखरेलको नमूना उत्कृष्ट छनौट गरिएको निगमले जनाएको छ । समुहमा ललितविक्रम शाह, मदन चित्रकार, स्वस्ती राजभण्डारी, नविन जोशी र गणेशबहादुर चन्द सहभागी हुनुहुन्थ्यो । नमूनामा नेपालको राष्ट्रियता, साँस्कृतिक पक्ष, राष्ट्रिय झण्ढा, राष्ट्रिय रंग र आकाश भैरवको प्रतिविम्व समावेश गरिएको छ ।
####
.jpg)





0 comments
Write Down Your Comment