भैरहवा मेलाको उद्धघाटन महजोडीले गर्ने
####good
सलमान खांन,भैरहवा, १९ मंसिर ।
“स्थानीय बजारमा खरिद गरौ, स्थानिय बजारको प्रर्बधन गरौ, स्वदेशी वस्तुको प्रयोग गरौ, स्वाभिमानी नेपालीको पहिचान बनाऔ” भन्ने मुल नाराका साथ भैरहवामा संञ्चालन हुन लागेको मेलाको उद्धघाटन हास्य कलाकार महजोडीले गर्न भएका छन् ।
सामाजीक क्षेत्रका ब्याक्तीत्व बाट मेलाको उद्धघाटन गराउने उदेश्यले महजोडीलाई ल्याउन लागीएको मेला आयोजक समितीका संयोजक मनिश जोशिले बताए ।
आंैद्योगिक, व्यापारी, कृषि तथा पर्यटन क्षेत्र नेपाली अर्थतन्त्रको सबलीकरणमा महत्वपूर्ण हिस्सा भएको हुदॉ यहॉको उद्योग व्यापार, कृषि तथा पर्यटकिय क्षेत्रको विकास र विस्तार गर्न सकेमा समग्र नेपालको अर्थतन्त्रलाई प्रभाव पार्न सकिन्छ भन्ने उदेश्यले मंसिर २१ गते देखि पुष २ गते सम्म नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको आयोजनामा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव– २०७० को आयोजना गरीएको हो ।

फोटो क्यापसन: भैरहवाको मेलामा निमार्ण हुन लागेको मायादेवी मन्दिरको प्रतिलिपी ।

महोत्सबमा रहने मायादेबी मन्दीरको प्रतिलीपीले लुम्बिनीको बारेमा जानकारी नभएकाहरुलाई बाहीरी रुपबाट भए पनि मायादेबी मन्दीरको बारेमा जानकारी पाउन सक्ने महोत्सब मुल समिती संयोजक तथा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका अध्यक्ष मनिष कुमार जोशीले बताएका छन् । महोत्सबमा यो नाया आकर्षणका रुपमा हुने र लुम्बिनी प्रबद्र्धन गर्न सहयोग पुग्ने जोषीको भनाई छ । जसमा मेलामा आक्रशक प्रबेश द्धारा , अन्तराष्ट्रिय स्तरको स्टेज रहने छ । यस पटक मेलामा रहेको स्टेज निमार्णका लागी प्रयोग गरीने समानहरु मात्र करिब दश लाख खर्च हुने अनुमान गरीएको छ । स्टेज पनि मेलाको मुख्य आक्रषण बन्ने आयोजकको दाबी छ । त्यसैगरी मेलामा सहभागी दर्शकहरुको चाहना अनुसार खाना नास्ताको लागी रुफ टप रेस्टुरेन्टको समेत ब्यावस्था गरीएको छ । रंगशाला परिसरमा रहेको भवनमा रेस्टुरेन्ट संञ्चालन गरी मेला अवलोकनका लागी आउने दर्शकलाई थप मनोरन्जन पुग्ने आयोजकको भनाई छ ।
मेला स्थलमा रहेको मायादेबी मन्दिर भित्र यस पटक सूचना प्रबिधीका स्टल रहने गरी बनाईएको छ र यस्लाई मायादेबी मन्दीर आईटी पेभेलियन नामाकरण गरीएको सूचना प्रबिधी ब्यबस्थापन समिती तथा महोत्सब मुल समिती उप संयोजक गिरीश चन्द्र त्रिपाठीले जनाए । मायादेबी मन्दीर आईटी पेभेलियनमा सूचना प्रबिधी सम्बद्ध १८ स्टल रहने छन् । जस्मा नेटवर्क सम्बन्धी काम गर्ने, ईन्टरनेट सेवा प्रदायक सस्थाहरु, बिभिन्न कम्पनिका ब्रान्डेड ल्यापटप, डेस्कट कम्प्युटर मनिटर, पोर्टेबल स्कयानरका साथै सामान्य प्रिन्टर, फोटोकपी मेशिन लगायत रहनेछन् । आईटी पेभेलियनमा खरीद बिक्री तथा प्रबद्र्धन को कार्य समेत हुने र त्यस्का लागी त्यहा सुचना प्रबिधीबारे जानकारी दिने काम समेत हुने त्रिपाठीले बताए । सूचना प्रबिधी स्टलबाटै यस पटक यो क्षेत्रमा अटोमेटिक (डिजिटल) सिलाई मेशिनको प्रदर्शन तथा लन्चिंग कार्यक्रम ब्रदर कम्पनिले गर्ने त्रिपाठीको भनाई छ । त्यस्तै गरी स्टलमा सिसिटिभी क्यामरा, डिजिटल वेईंग मेशिन लगायत अन्य धेरै बिद्युतिय सामग्री बिक्री तथा प्रदर्शका लागी राखीनेछन् ।
सूचना प्रबिधीमा रहेका स्टलबाट बिद्युतिय सामग्री खरीदमा बाहिर बजारमा भन्दा पनि कम्तिमा १० देखि १५ प्रतिशत सम्म छुट दिने ब्यबस्था मिलाईएको र महोत्सब अबधीमा एक दिन सुचना प्रबिधी सम्बन्धी गोष्ठी समेत आयोजना गरीने आयोजकको भनाई छ । “स्थानिय बजारमा खरीद गरौ स्थानिय बजारको प्रबद्र्धन गरौ, स्वदेशी बस्तु प्रयोग गरौ,स्वाभिमानी नेपालीको पहिचान बनाऔ” भन्ने उद्धेश्य सहति नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन रुपन्देहीले महोत्सब आयोजना गर्न थालेको हो । महोत्सबको तयारी अन्तिम अबस्थामा पुगेको र अहिले सम्म २ सय १० भन्दा बढी स्टल दर्ता भैसकेको स्टल निर्माण तथा ब्यबस्थापन समितीका संयोजक एक संगठनका उपाध्यक्ष खिम बहादुर खत्रीले बताए ।
महोत्सबमा कृषी, घरेलु तथा कुटीर उद्योग, औद्योगिक उत्पादन, सुचना प्रबिधी, अटो मोबाईल्स, पर्यटन, तयारी पोशाक, छालाजन्य बस्तु, खाद्य पदार्थ, रेष्टुरेन्ट, मनोरञ्जन, बित्तिय क्षेत्र लगायतका गरी २ सय ४० स्टलहरु रहने बताईएको छ ।
उक्त मेलाको समुद्घाटन र्‍याली तथा झॉकी सहित भव्य रुपमा उद्धघाटन गरीने जनचेतना ऱ्याली समितीका संयोजक टिकाराम भट्रराईले बताए ।
ऱ्यालीमा सहभागी उत्कृष्ट संघसंस्था, विद्यालय तथा समाज र समुहको ऱ्यालीलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिने उनले जनाएका छन् ।

####




,

0 comments

Write Down Your Comment