इपीएसमा कोरिया पुग्नेहरू धमाधम बेरोजगार बन्दै
####good
२१ मंसिर, सउल । रोजगार अनुमति प्रणलीबाट कृषि क्षेत्रमा काम गर्न कोरिया आईपुगेका नेपाली कामदारहरु बेरोजगार हुने सङ्ख्यामा  बढ्दै गएको छ । कोरियामा  मौसम परिवर्तनसँगै हिमपात सुरु हुन थालेपछि कृषि क्षेत्रका अधिकांस काम नहुने हुँदा बेरोजगारको सङ्ख्यामा वृद्धि भएको हो ।
 धान खेती (मीनारि), साग उत्पादन र फिनेल हाउसका अधिकांश काममा कार्यरत नेपालीहरूलाई मालिकले काम नभएको भन्दै अर्कैतिर काम गर्न जाने अनुमति सहितको पत्र दिएपछि अहिले कोरियामा आश्रय दिँदै आएका सेल्टरहरु बिरोजगार युवा युवतीहरुले भरिभराउ छन् । पाथिभरा हाउस सुवन, नेपाल हाउस तुन्देमुन, महिला सेल्टर तुन्देमुन, सदङ्गथान चर्च र ईन्छन लगायतका चर्चका सेल्टरहरुमा दुई सय भन्दा बढी नेपाली बेरोजगार युवा युवतीहरु रहेका छन् । सेल्टरको अभावमा साथी र होटलको आश्रय लिएर बस्ने नेपालीहरूको त्यतिकै रहेको छ ।
‘नौ महिना भयो कोरिया आएको,  पहिले काम गर्न निकै गाह्रो भएको थियो,  अन्तै सर्ने अनुमति देऊ भन्दा त्यतिबेला साहुले दिएन’ रुपन्देहिका मीन बाहादुर कार्कीले गुनासो सुनाए- ‘अहिले कामको सिजन नभएका बेलाकामबाट निकाली दियो ।’  उपदान पाउन तीन महिनामात्र बाँकी रहेका बेला साहुले निकालिदिएपछि त्यसबाटसमेत बन्चित हुनु परेको भन्दै कार्कीले गुनासो गरे-’ न उपदान पाइयो न काम पाइयो, यो बेलामा घर न घाटको बनाए ।’कोरियामा लगातार एक वर्षसम्म एकै ठाउँमा काम गरेमा आफूले पाउँदै आएको एक महिना बराबरको रकम उपदान स्वरूप पाउने गरिन्छ ।


चितवनका सरोज मगरको अर्को काम खोज्ने समय सकिन अब १५ दिनमात्र बाँकी छ  तर उनले काम पाएका छैनन् । काम खोज्नका लागि कोरियाली कानुनले दिएको तीन महिनाको समयमा साढे दुईमहिना सरोजले काम खोज्दैमा बिताए । तर पनि काम पाउन सकेका छैनन् । अब १५ दिन भित्रमा काममा नलागे उनी अवैधानिक हुन पुग्छन ।
सोही क्षेत्रमा काम गर्ने महिलाहरूको समस्या पनि पुरुषहरुको जस्तै छ । रोजगार विभागबाट कामको जानकारी नआएका कारण दलालमार्फत् पैसा तिरेर काम खोज्नु परेको लमजुङकी प्रतिमा मगरले बताईन । कोरियामा बेरोजार वैधानिक विदेशी कामदारलाई रोजगार विभाग(नोदम्बु)ले उनीहरूको मोबाइलमा सन्देश पठाइ कामको जानकारी दिने गर्छ । तर पछिल्लो दिनमा बेरोजगार नेपालीहरूकै संख्या सयौं पुग्न थालेपछि उनीहरूको कमाउने सपना चकनाचुर हुन थालेको छ ।


####




0 comments

Write Down Your Comment