दुई खुट्टे बाख्राको राम काहानी
####good
जन्मदै दुई खुट्टामात्र लिएर जन्मिएको बाख्रोले जीउनका लागि गरेको संर्घषबाट आफुलाई ठूलो उर्जा मिलेको ती युवा ठान्छन् । ३१ वर्षीय क्यान्सरपिडीत वाङ बाख्रा किन्नकै लागि भनेर गृहनगर पूर्वी चीनको फुयाङबाट हेनान पुगेका थिए । उनले ४ सय ५० पाउण्ड तिरेर बाख्रा किनेका छन् ।
पत्रिकामा दुई खुट्टे बाख्राबारे समाचार सार्वजनिक भएपछि आफू प्रभावित भएको उनले बताएका छन् । उनले भनेका छन्–‘जब मैले बाख्राबारे समाचार पढेँ, मलाई लाग्यो कि उसको जीवन बचाउने जिम्मेवारीको महसुस गरेँ । म आफ्नो मजबूत भावनाका लागि सबैभन्दा राम्रो औषधीका रुपमा यसलाई लिन चाहन्छु ।’
यो बाख्रा जन्मदा नै दुई खुट्टाको थियो । माउले जन्माएको चार पाठामा एकको मात्र दुई वटा खुट्टा भएको भन्दै किसान झाओले जन्मिएको एक महिनापछि उक्त बाख्रा आफैं दुई खुट्टाले टेकेर हिँड्न थालेको बताए ।
####
.jpg)






0 comments
Write Down Your Comment