सुडानमा चार नेपाली सेना घाइते
####good
दक्षिण सुडानको बोर सहरमा सरकारी सैनिक र विद्रोही सैनिकबीचको भीडन्तमा प्रहार गरिएका ४ वटा आर्टिलरी सेल मंगलबार शान्ति मिशनमा रहेको इन्द्रबक्स गण तेश्रो डफ्फाका नेपाली शान्ति सैनिक तैनाथ फोर्स रिजर्भ कम्पनी परिसरमा खसेर विस्फोट हुँदा ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क निदेर्शनालयले जनाएको छ ।
घटनामा केही गाडी, पानी प्रशोधन केन्द्र लगायत अन्य भौतिक संरचनाहरुमा समेत क्षति भएको छ । गम्घाभीर चोट नलागेका सैनिकहरुको उक्त मिशनस्थित लभेल आई अस्पतालमा उपचार भईरहेको नेपाली सेनाले जनाएको छ ।
दक्षिण सुडानका सबैजसो प्रान्तमा जातीय द्वन्द्व फैलिएको जनाउँदै नेपाली सेनाले दक्षिण सूडानको पश्चिमतर्पmको जोंग्लेई प्रान्तको बोर शहरमा भीषण संघर्ष भइरहेको सेनाले जनाएकोछ । संघर्षका क्रममा विस्थापित करिव १४ हजार सर्वसाधरणले नागरिक संरक्षण क्याम्पमा शरण लिएको जनाउँदै नेपाली सेनाले उनीहरुको सुरक्षा गरिरहेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
दक्षिण सूडानका विभिन्न स्थानमा वर्तमान राष्ट्रपति सिल्भा किर्रसमर्थित दिंका समूदाय र पुर्व उपराष्ट्रपति रियक मचेर समर्थित नेउर समूदायबीच केही समयदेखि जातीय द्वन्द्व चलिरहेको पनि नेपाली सेनाले जनाएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment