समानुपातिक सभासद सिफारिस गर्ने म्याद ५ दिन थप
####good
१० पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सभासद सिफारिसको समय ५ दिन थपेको छ । सभासद सिफारिस गर्ने समय थप गरिएको यो तेस्रो पटक हो ।
प्रमुख दलहरुको आग्रहमा समानुपातिक सभासद सिफारिस गर्ने समय पुस १५ गतेसम्म म्याद थपिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले पछिल्लोपटक थपेको ७ दिनको समय बुधबारसम्म थियो ।
यसअघि मंगलबार अपरान्ह बसेको राजनीतिक समितिको बैठकले ५ दिन म्याद थप्न आग्रह गरेको थियो । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले अझैसम्म समानुपातिक सभासद चयन गर्न सकेका छैनन् ।
####
.jpg)




0 comments
Write Down Your Comment