घुस खाने ३ प्रहरी हवल्दारमाथि कारवाही
####good
प्रहरी आन्तिरिक सुधार अभियानको दौरानमा खटिएको टोलीले उनीहरुलाई गैरआचरण कार्यमा संलग्न भएको फेला पारेपछि कार्वाही गरेको प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले जानकारी दिनुभयो ।
सिलवालका अनुसार सीमा प्रहरीचौकी रानी बिराटनगरमा कार्यरत प्रहरी हवल्दार राईले बिराटनगर भन्सारमा साना व्यापारीवाट रकम असुलेको पाएपछि उनलाई तत्काल निलम्वन गरिएको छ । त्यसैगरी काँकडभिट्टामा कार्यारत हवल्दारद्वय कार्की र थापालाई भने आवश्य छानवीन पश्चात निलम्वनको कार्वाही प्रकृया अगाडि बढाइने वताइएको छ । कार्की र थापालाई मेची पुलमा सुपारी व्यापारीसँग पैसा मोलमोलाई गरिरहेको अवस्थामा फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
प्रहरी नायव महानिरिक्षक सिलवालले प्रहरी संगठनको छविलाई उच्च बनाउन आफू आन्तरिक आचरण सुधार गर्ने अभियानमा लागेको बताउँदै कुनै प्रहरी खराब आचरणमा लागेको पाइए तत्काल कार्वाही गरिने बताउनुभयो ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयले प्रहरीको आन्तिरिक शुद्धीकरण अभियान सञ्चालनका लागि प्रहरी उपरीक्षकको संयोजकत्वमा ‘प्रोफेसन्ल स्टयान्डर्ड युनिट’ गठन गरेको सिलवालले जानकारी दिनुभयो । क्षेत्रिय प्रहरी कार्यालयको मातहतमा हाल पूर्वका १६ जिल्लामा करिव १२ हजार प्रहरी कार्यरत रहेको कार्यालयले जनाएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment