जिप दुर्घटनामा १६ घाइते, ३ को अबस्था गम्भीर
####good
गुल्मी, पौष ४ । आज बिहान सिमीचौरमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते मध्ये ३ को अवस्था गम्भीर छ। सिमीचौर गाविस–४ बाट अर्घाखाँचीको सुपादेउराली दर्शनको लागि जाँदै गरेको लु १ ज १४१३ नम्बरको जिप सिमिचौर गाविस–९ राङबासमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिमीचौर–३ का ४२ बर्षिय निर बहादुर थापा, सोही ठाउँका १८ बर्षिय दिपक पाण्डेय र वडा नं ४ का १९ बर्षिय सन्तोष पाण्डेय गम्भीर घाइते भएका छन्। सन्तोष पाण्डेयलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा रिफर गरिएको जिल्ला अस्पताल तम्घासका मेडिकल सुपेरिटेन्डेन्ट डा. हरि केसीले बताए।

त्यस्तै दुर्घटनामा सोहि गाविस वडा नं ४ का १७ बर्षिय सागर पाण्डेय, ३० बर्षिय कमला पाण्डेय, ३८ बर्षिया माया पाण्डेय, ४० बर्षिय हेम बहादुर पाण्डेय, ४० बर्षिय हेमबहादुर पाण्डे, ३९ बर्षिय डम्बर बहादुर पाण्डे, ३५ बर्षिय गोमा पाण्डेय, बर्ष ३५ कै काँसी बस्नेत, ३२ बर्षिय सरस्वती पाण्डे, १८ बर्षिय जीवन पाण्डे, ३५ बर्षिय पवित्रा पाण्डे, ३१ बर्षिया तारा मरासीनी र सोही गाविस वडा नम्बर २ की २५ बर्षिय हरिकला पाण्डेय पनि घाईते भएका छन्।

चालक दरबारदेबिस्थान – ४ का ४५ बर्षिय गोपाल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरु घाईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ।


####




0 comments

Write Down Your Comment