श्रीमती कुट्ने एमाओवादीका नेता पक्राउ
####good
रौतहट, मंसिर २२ - श्रीमतीलाई कुटपीट गर्ने र यातना दिने एकीकृत माओवादीका भोजपुरा राज्य समिति सदस्य वहिद अन्सारीलाई प्रहरीले पक्रेको छ ।
एकबर्षदेखि अन्सारीले श्रीमतीलाइ यातना दिदै आएको र शुक्रबार मरणासन्न हुने गरी कुटपिट गरेपछि रौतहट प्रहरीले अन्सारीलाई प्रहरीले पक्रेको छ ।
पीडित महिलालाई उनको घर चन्द्रनिगाहपुर १ मा रहेको घर बाटै प्रहरीले उद्धार गरेको छ । कुटपिटबाट २५ बर्षिय महिलाको आँखा, कम्मर, खुटा, अनुहारमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन  । करिव ८ वर्षअघि प्रेम विवाह गरेका यी दम्पती दुइ छोरा छन् ।
####




0 comments

Write Down Your Comment