अधिकारी हत्या आरोपमा अर्का पनि पक्राउ
####good
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरी
क्षक सञ्जय राउतका अनुसार अजिव भनिने परशुराम पौडेललाई शुक्रवार बेलुका पक्राउ गरिएको हो । पौडेललाई भरतपुर- ९ स्थित शरदपुरमा रहेेको उनकै घरबाट पक्राउ गरिएको हो । पौडेललाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
आरोपीलाई शनिवार सार्वजनिक बिदा भएकाले म्याद थप गर्न नसकेको र आइतवार अदालतमा उपस्थित गराई म्याद थपेर अनुसन्धान थाल्ने प्रनाउ राउनले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकका दाजु नुरप्रसादले ०६२ सालमा दिएको किटानी जाहेरीमा पौडेलको नाम पनि रहेकाले छानबिनका लागि पक्राउ गरिएको हो । एसएलसी दिएर चितवनको जयमंगलामा हजुरबाआमालाई भेट्न आएका बेला अधिकारीको २०६१ सालमा हत्या भएको थियो ।
प्रहरीले यसअघि पनि एक जनालाई पक्राउ गरी छाडेको छ । अधिकारीका बाबुआमा भने न्याय माग गर्दै काठमाडौंमा आमरण अनसनमा बसेका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment