एक भोटलाई ११ हजार रुपैयाँ
####good
उनले निर्वाचनमा जम्मा १९ भोट ल्याएका थिए। तर उनले २ लाख ७ हजार ५ सय ५७ रुपैँया बरावरको निर्वाचन खर्च जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्। यसरी उनले १ भोटको लागि १० हजार ९ सय २४ रुपैँया खर्चेको हिसाव निस्कन्छ।
त्यस्तै अर्का एक स्वतन्त्र उम्मेदवारले पनि महँगो पर्ने गरी जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च पेस गरेका छन्। क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मोहन प्रसाद पाण्डेले १ भोटलाई झण्डै ८ हजार रुपैँया पर्ने जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाएका छन्। निर्वाचनमा ६१ मत प्राप्त गरेका उनले ४ लाख ७७ हजार ५ सय रुपैँया निर्वाचन खर्च बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले बताए। यसरी उनले एक मतको लागि ७ हजार ८ सय २७ रपैँया खर्च गरेको देखिन्छ। पाण्डेले मतदाता नामावलीको खरिदमा मात्रै ४५ सय खर्चेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका छन्।
संविधानसभा सदस्य निर्वाचन २०७० मा जिल्लाबाट उम्मेदवारी दिएका १९ जना उम्मेदवारहरुले आफ्नो निर्वाचन खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्। बिहीबार थप तीन जनाले खर्च बुझाएका हुन्। जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउने कुनै पनि उम्मेदवारहरुले १० लाखभन्दा बढी खर्च बुझाएका छैनन्। तर गाउँका स्थानीय जनताले भने उम्मेदवारहरुले निर्वाचन कर्यालयमा बुझाएको भन्दा धेरै ठूलो रकम खर्च गरेको बताउँछन्। बिहिबार परिवार दलका पशुपती पाण्डे, अखण्ड नेपालका नेत्रबहादुर बस्नेत र खड्कबहादुर जीसीले आफ्नो खर्च बिबरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयका शाखा अधिकृत गणेशबहादुर थापाले बताए। निर्वाचनमा ३५ जनाले उम्मेदवारी दिएका थिए। नेपाली कांग्रेस, एमाले, एमाओबादी, राप्रपा सहितका १६ उम्मेदवाहरुले पहिलनै निर्वाचन खर्च बुझाएका थिए।
####
.jpg)



0 comments
Write Down Your Comment