नियम उल्लङ्घन गर्नेले आफू ठूलो ठान्छन् : ट्राफिक प्रमुख
####good
महानगरीय प्रहरी वृत्त ललितपुरले आज आयोजना गरेको ‘ट्राफिक जनचेतना अभियान’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, 'केही ठूलाबडाले व्यवधान गरेपनि ठूलो सङ्ख्यामा सर्वसाधारणको सहयोग पाएको मादक पदार्थ सेवनको जाँच थालिएपछि सवारी दुर्घटना ७९ प्रतिशत घटेको छ ।'
प्रहरी नायब महानिरीक्षक अधिकारीले सवारी दुर्घटना कम गर्न ट्राफिक नियम पालना गराउन नागरिक समाजको सहयोग र हरेक सडक उपयोगकर्ताको होशियारी जरुरी रहेको बताए ।
नागरिक समाजका अगुवा पत्रकार कनकमणि दीक्षितले सडक सञ्जाल विस्तार भएसँगै सवारी दुर्घटना पनि बढेको उल्लेख गर्दै ट्राफिक नियम पालना गरी सडक सभ्यता अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राखे ।
ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजरमान जोशी, ललितपुर प्याव्सनका अध्यक्ष नवराज महत, ललितपुर हिसानका अध्यक्ष ऋषिराम तिवारी, महानगरीय ट्राफिक प्रहरी वृत्त ललितपुरका प्रहरी निरीक्षक शेरबहादुर चन्दलगायतले सडक दुर्घटना न्यूनीकरणका उपाय र निजी क्षेत्रको सहयोग तथा समन्वय विषयमा बोले ।
लगनखेलबाट विभिन्न विद्यालयका विद्यार्थी, सामाजिक अभियानकर्ता, नागरिक समाजका अगुवा सहभागी र्यालीले कुमारीपार्टी, मानभवन र जावलाखेलको परिक्रमा गरेको थियो । त्यस अवसरमा जनचेतनामूलक श्रव्यदृष्य सामग्रीसमेत प्रदर्शन गरिएको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment