क्रिकेट टोलीलाई सरकारले १० लाख रूपैयाँ दियो
####good
१ पुस, काठमाडौं । ट्वान्टी –२० विश्वकप क्रिकेटमा छनोट भएकोमा नेपाली टोलीलाई सरकारले सोमवार पूर्व घोषित १० लाख नगदसहित सम्मान गरेको छ । राष्ट्रिय योजना आयोगको हर्क गुरुङ हलमा एक कार्यक्रमकावीच मन्त्रिपरिषद् खिलराज रेग्मीले खेलाडीहरुलाई सम्मान गर्नु भएको हो । सरकारले विश्वकपमा पुगेको टोलीका १५ खेलाडीलाई जनही १० लाख, प्रशिक्षकलाई ५ लाख र व्यवस्थापकलाई साढे तीन लाख रूपैयाँ दिएको छ । नेपाली टोली एकदिवसीय विश्वकप छनोटको तयारीमा मंगलबार श्रीलंका प्रस्थान गर्ने कार्यक्रम छ ।
####




0 comments

Write Down Your Comment