भुवन केसी फेरि जिल्लिए
####good
काठमाडौं, पुस १३ – नायक भुवन केसीको सभासद बन्ने चाहना लगभग समाप्त भएको छ ।
एमालेले शुक्रबार टुंगो लगाएको समानुपातिकतर्फको नाममा कलाकार केसी नपरेपछि उनको सभासद बन्ने चाहना समाप्त भएको हो ।
एमालेले सुरुमा प्रत्यक्षतर्फ र पछि समानुपातिकतर्फ केसीको नाम समावेश गरेको थियो । काठमाडौं क्षेत्र नं १ बाट केसीले प्रत्यक्षतर्फको टिकट पाउनै लागेका थिए ।
तर पार्टी भित्रैबाट व्यापक बिरोध भएपछि एमालेले केसीको नाम हटाएर काठमाडौं १ बाट विद्या न्यौपानेलाई उम्मेदवार बनाएको थियो । समानुपातिकतर्फबाट सभासद बनाउने भन्दै एमालेले केसीलाई नाम फिर्ता लिन आग्रह गरेको थियो । यसअनुसार एमालेले बन्दसूचीमा केसीको नाम पनि समावेश गर्‍यो ।
समानुपातिकतर्फबाट सभासद बन्ने सपना बुन्दै केसी एमालेका प्रत्यक्ष उम्मेद्वारलाई जिताउन देशका कुनाकुनामा पुगे । सूर्यमा मतदान गर्न आग्रह गर्दै भाषण र नाचगान गरे । उनले भोट मागेका अधिकांश नेताहरुले चुनाव जिते पनि ।
तर अन्त्यमा केसी फेरि जिल्लिएका छन् । सुरुमा आफूलाई उम्मेद्वार बनाउन नखोजेको भन्दै कलाकार केसी राप्रपा नेपालमा प्रवेश गर्न खोजेका थिए । पछि एमाले नेतृत्वले टिकट दिने आश्वासनमा केसीलाई फकायो ।
फेरि जिल्लिएपछि कलाकार केसीले के गर्लान्, प्रतिकृया सार्वजनिक भैसकेको छैन । कलाकार केसी जस्तै यसअघि चर्चामा रहेका राजेन्द्र राई, रामकुमारी झाँक्री, ठाकुर गैरे लगायतका नेताहरु पनि एमालेको समानुपातिक सभासद बन्नबाट बञ्चित भएका छन् ।
####




0 comments

Write Down Your Comment