उदघाटन नहुँदै बेलिव्रिज भाँचियो
####good
पुल जडानका क्रममा भाँचिएर केही भाग बिच नदीमा खसेको छ ।
उषा निर्माण सेवाले निर्माण गरि सञ्चालनको तयारी गरेको पुल जडानका क्रममा बिच भागमा भाँचिएर नदीमा डुवेको प्रहरी चौकी मानेभञ्ज्याङ्गका सई विन्देश्वर यादवले जानकारी दिनुभयो ।
पुस १५ गते उदघाटनको तयारी गरिएको बेलिब्रिज भाँचिएपछि निर्माण कार्य अवरुद्ध भएको निमार्ण कम्पनीले जनाएको छ ।
बेलिब्रिज भाँचिएसँगै ओखलढुंगालाई राजधानी सिधा जोड्ने गरी सिधा यातायात सञ्चालन समेत नहुने भएको छ । कात्तिक २० गते सम्झौता भएको बेलिब्रिज मंसिर २० गते सम्पन्न हुने भए पनि संविधान सभाको निर्वाचनका कारण काम हुन सकेको थिएन । निर्वाचनको विषयमा भएको आम हडतालका कारण सामान ढुवानीमा समस्या भएका कारण निर्माण कार्य ढिला भएको ठेक्केदार सिर्जना प्रधानले जानकारी दिनुभयो । पुरानो स्थानमा वेलिब्रिज बनाउँदा पक्की पुल निर्माणमा असर पर्ने भएकाले स्थान परिवर्तन गरिएकाले पानीको बहाव नघट्दा काम सुरु गर्न ढिला भएको उषा निर्माण सेवा प्रमुख प्रधानले बताउनुभयो ।
हिउँद महिनामा छ महिना चल्ने गरी हर्कपुर ओखलढुंगा सडक आयोजनाले सञ्चालन गर्न लागेको वेलिब्रिज निर्माण तथा निकाल्नका लागि २९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणकै क्रममा बेलिब्रिज भाँच्चिएपछि पुनः जडान गर्न थप एक महिना लाग्ने भएको छ । सुनकोशी नदीमा पुल नहुँदा र विकल्पको रुपमा अस्थायी पुल संचालन हुन नसक्दा ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका बासिन्दा मर्कामा पर्दै आएका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment