नेपालको उत्कृष्ट ईनिङ, सिंगापुरलाई ३१४ रनको लक्ष्य
####good
काठमाडौ, मंसिर २१ - शरद भेषवाकर र खकुरेलको उत्कृष्ट व्याटिङ मद्दतले कीर्तिपुर मैदानमा जारी जर्नी टु वल्र्डकपमा नेपालले सिंगापुरलाई ३१३ रनको लक्ष्य दिएको छ ।
अर्को महिना न्यूजील्याण्डमा हुने एक दिवसीय विश्वकप छनौट तयारीको लागि यो प्रतियोगिता आयोजना गरिएको हो ।
पहिले व्याटिङ गरेको नेपालको लागि भेषवाकरले ९१ र खकुरेलले ७५ रन बनाए ।
जोरा ईन्टरनेशनलको आयोजना र नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको हो । सिंगापुर र नेपालसहित भारतको एयर ईण्डिया र दिल्ली वाण्डरसले पनि प्रतियोगिता खेलेका छन् । प्रतियोगिता भोली सकिनेछ ।
####
.jpg)



0 comments
Write Down Your Comment