राष्ट्रपतिले उचाले विश्वकप फुटबलको ट्रफी (फोटोफिचर)
####good
६ पुस, काठमाडौं ।  विश्वकप फुटबलको ट्रफी नेपाल ल्याइएको छ ।  भुटानबाट ट्रफीलाई फिफाको विशेष विमानमा राखेर  नेपाल ल्याइएको ट्रफी दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको हो । फिफा वल्र्डकप ट्रफी टुरको टोलीले शनिवार भुटानबाट ट्रफीलाई नेपाल ल्याएका हुन् ।
छनोट प्रतियोगिताको दोस्रो चरणभन्दा माथि उक्लन नसकेको नेपालमा विश्वकपको असली ट्रफी भित्रन लागेको भने यो पहिलो अवसर हो । रंगशालामा राखिएको ट्रफिलाई केहीवेर अघि राष्ट्रपति डा. रामबरण यादबले सार्वजनिक गर्नु भएको हो । । उक्त ट्रफीलाई राष्ट्रिय टोलीका खेलाडी, एन्फाका पदाधिकारी, ‘ए’ डिभिजन क्लबका पदाधिकारी, खेलाडी र तीन हजारभन्दा बढी कोकाकोला उपभोक्ताले विश्वकप ट्रफीसँग बसेर फोटो खिच्ने अवसर पाएका थिए ।
कोकाकोलाले विश्वकप ट्रफीलाई विश्वका विभिन्न देशमा घुमाउने क्रममा नेपालमा पनि ल्याएको हो । ट्रफीलाई सुरक्षित रुपमा प्रदर्शन गर्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । ट्रफीलाई बेलुका भने सोल्टी होटलमा राखिने अखिल नेपाल फुटबल महासंघ एन्फाले जनाएको छ  ।











####




,

0 comments

Write Down Your Comment