बारले भन्यो- 'रेग्मी पुनः प्रधानन्यायाधीश हुनै सक्दैनन्'
####good
चितवन, मंसिर २६ - नेपाल बार एसोसिएसनको ४१ औं कार्यकारिणी परिषदको दुई दिने भेलाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी पुनः प्रधानन्यायाधीशमा कुनै पनि हालतमा फर्कन नसक्ने निष्कर्ष निकालेको छ ।
बुधबार सम्पन्न भेलापछि जारी चितवन घोषणापत्रमा कार्यपालिकाको जिम्मेवारी सम्हालिसकेको ब्यक्ति न्यायपालिकामा आउनै नसक्ने बारले सार्बजनिक गरेको छ । १९ बुँदे घोषणापत्रको तेस्रो नम्बरमा कार्यपालिकाको प्रमुख बनाउने कार्य शक्ति पृथकीकरणको सिद्धान्त बिपरीत रहेको मान्यता यथावत बारले राखेकोले पुन: रेग्मीलाई न्यायपालिकाको नेतृत्व दिएमा न्यायपालिकाको मर्ममाथि प्रहार हुने उल्लेख गरिएको छ । मन्त्रिपरिषद् अध्यक्ष रेग्मी भने प्रधानन्यायाधीशमा पुन: काम गर्ने अभिव्यक्ति दिंदै आएका छन् । उनले अहिलेसम्म आफ्नो पदबाट राजीनामा पनि दिएका छैनन् ।
बारको दुई दिनदेखि भरतपुरमा चलेको भेलाले राष्ट्रपतिका बिषयमा दलहरुबिच देखिएको मतभेदमा बारले मध्यस्थता भूमिका खेल्ने बताएको छ । बन्दसत्रमा बोल्ने अधिकांश बार पदाधिकारी तथा कानुन व्यवसायीले बारबाट सन्तुलन र सर्वोपरी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।


####




0 comments

Write Down Your Comment