केन्द्रीय कारागारबाट कैदी फरार
####good
काठमाडौं, मंसिर २६ - केन्द्रीय कारागारमा लागू औषध मुद्धामा कैद भुक्तान गरिरहेका एक कैदी बुधबार भागेका छन् । कैदीहरुले प्रयोग सौचालय र लुगा धुने पानी जाने ढलबाट सर्लाही रौहा-५ घर भएका २३ वर्षीय सुरज सिंह भागेको प्रहरीले जनाएको छ ।एक वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका सिंह बुधबार बिहान ७ देखि साढे बजेको बीचमा भागेको हुन सक्ने प्रहरीले जनाएको छ । 'ढलको स्ल्याप खोलेर भागेको देखिन्छ,' काठमाडौं प्रहरी प्रमुख सुबोध घिमिरेले भने, 'यहाँबाट भागेर जाने सम्भावित ठाउँमा खोजी भइरहेको छ ।'
####
.jpg)



0 comments
Write Down Your Comment