पोस्टर-पम्पलेट हटाउँदै नेपाल
####good
कोटेश्वरमा मंगलबार पोस्टर, पम्पलेट हटाउँदै गरेको अवस्थामा भेटिएका नेपालले उम्मेदवारहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्न नहुने बताए । 'म अरू पार्टीका साथीहरूलाई नगर सफा गर्न भन्छु, आचारसंहिता विपरीत कसैले काम गर्नु हुँदैन,' उनले भने ।नेता नेपालले आफ्नो क्षेत्रका सुगु, बज्रयोगिनी, थली, डाँछी, इन्द्रायणी, पुखलाछी, लप्सीफेदी, नाङ्लेभारे, मूलपानी, गोठाटार, काठमाडौं महानगरपालिका ९ र ३५ मा रहेको आफनो प्रचार सामग्री आफैंले निकाल्ने बताए । 'स्वच्छ सफा महानगर बनाउन निर्वाचन प्रचारका लागि टाँसेका सामग्री निकाल्ने अभियान थालेको हुँ,' यो अभियान अरू पार्टीले पनि चलाऊन्,' उनले भने । एमालेले निर्वाचन सम्बन्धी भित्तामा टाँसिएको सबै प्रचार सामग्रीलाई हटाउने नेपालले बताए ।
####
.jpg)



0 comments
Write Down Your Comment