प्रचण्डले बुथ कब्जा गरेर चुनाव जितेको भन्दै अदालतमा उजुरी
####good
प्रचण्डका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले उजुरी गर्नुभएको हो ।
कल्याणपुर कालाबन्जर गाविसको प्राथमिक विद्यालय कल्याणपुर काला बञ्जर मतदान केन्द्रको क र ख बुथ, त्यही गाविसको वडा नम्बर ८ र ९ अन्तर्गतको प्राथमिक विद्यालय बडहरामालको क र ख बुथ गरी दुई गाविसका ६ बुथ प्रचण्डको पक्षमा कब्जा भएको श्रेष्ठको दावी छ । श्रेष्ठले हार स्वीकार नगर्ने बताउनुभयो ।
अदालतमा हस्ताक्षर नभएको मतपत्र, अर्धकट्टीसहितको मतपत्र बुझाएको श्रेष्ठले उज्यालोअनलाइनलाई जानकारी दिनुभयो । ११ गाविसमा आफूले अग्रता लिएको र प्रचण्डले दुई गाविसमा अग्रता लिएको भन्दै श्रेष्ठले फेरि चुनाव भए जित्ने दावी गर्नुभयो ।
प्रचण्डले १५ हजार २ सय ४४ मत ल्याउनु भएको थियो भने श्रेष्ठले १४ हजार ३ सय २३ मत पाउनु भएको थियो । यो क्षेत्रमा तेश्रो स्थानमा रहेका तराई मधेस सदभावना पार्टी नेपालका रामकुमार मण्डलले १ हजार १ सय १० मत ल्याउनु भएको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment