ग्याष्ट्रिकले नेपाली सेनाको घ्यू कटौती
####good
तलबबाहेक शरिरका लागि चाहिले क्यालोरी र कामको प्रकृतिलाई मूल्याङ्कन गरेर त्यसै अनुसारको रासनको व्यवस्था गरिएको छ ।नेपाली सेनाका सिपाहीलाई दैनिक १७ प्रकारको खानेकुरासहित २० प्रकारको रासन दिने गरिएको छ । त्यसमा ग्राम तोकेर शरिरका लागि भन्दै दैनिक खानपिनको क्यालोरी ४ हजार ६१ राखिएको छ । तर अब त्यसको २० क्यालोरी घट्ने भएको छ । दैनिक खुराकका लागि मात्रै नेपाली सेनाले एक करोड भन्दा बढी खर्च गर्ने गरेको छ ।
सेनालाई दैनिक दूध, दही, कुखुराको अन्डा र मासु, खसीको मासु हाइइनर्जीको बिस्कुट लगायत दैनिक २० प्रकारको रासन उपलब्ध गराउँदै आइएको छ । खाना पकाउन २ सय मिलिलिटर मट्टितेल, १३ सय ग्राम दाउरा दिने गरिएको छ ।
अरु खानेकुरासँगै हरेक दिन ३० ग्रामका दरले घ्यू पनि दिने गरेको छ । तर पछिल्लो पटक सेनामा पाउने घ्यूलाई कटौती गरि त्यसको ठाउँमा २० एमएल तेल थप्ने तयारी सेनाको छ । सेनाले आउने माघदेखि त्यसलाई लागु गर्नेछ ।
सैनिक ऐन अनुसार अंग्रेजी तारिखमा बर्ष गणना हुने भएकाले माघबाट मात्रै नयाँ बर्ष लाग्नेछ । अहिलेसम्म डाल्डा घ्यू उपलब्ध गराउँदै आएको र त्यसले धेरै सैनिकमा ग्याष्ट्रिकको समस्या भएपछि घ्यूमा कटौती गरेको एक सैनिक अधिकारीले जानकारी दिए ।
ब्रु घ्यूको सट्टा २० एमएल तेल थप दिन सुरु गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनायो ।
त्यसबाट चिल्लो पदार्थ कम हुने भएकाले क्यालोरी पनि घट्छ । सबै सुरक्षा निकायका लागि सरकारले रासन खरिदमा मासिक ५५ करोड बढी खर्च गर्छ । त्यो भन्दा आधाभन्दा बढी खर्च सेनाका नाममा मात्र जान्छ । नेपाली सेनाले दूध र बिस्कुट मात्रै बर्षमा ५५ करोडको खाने गरेको छ । सैनिक प्रवक्ता जगदीश पोखरेलले अधिकृत भन्दा पनि सैनिक जवानबाट घ्यू कटौती गर्ने आवाज उठेकाले त्यसलाई कटौती गर्न लागेको उल्लेख गरे ।
त्यस बराबर हप्तामा पाइने चावटा अण्डामा एउटा थप गर्ने र तेलको मात्र बढाउने तयारी भएको उनको भनाई छ । ‘धेरै जनाले घ्यू आवश्यक नभएको सुझाव दिए’ उनले ओएनएससँग भने ‘त्यसका आधारमा घिउलाई हटाएर अण्डा र तेल थप्न लागेका हौं’ । उनले ग्याष्ट्रिकको समस्याका विषयमा भने आफुलाई जानकारी नभएको बताए ।
####
.jpg)



0 comments
Write Down Your Comment