नेपाल एयरलाइन्स यूरोपको कालोसूचीमा, ईयूभर उडानमा प्रतिबन्ध
####good
२१ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स युरोपियन आयोगको कालोसूचीमा परेको छ । एयरलाइन्स गिर्दाे अवस्थाका कारण कालोसूचिमा परेको हो । कालोसूचीमा परेसँगै एयरलाइन्सलाई ईरोपेली यूनियनमा आवद्ध देशहरुमा उडाउन प्रतिबन्ध गरिएको छ ।
‘नेपाल एयरलाइन्सको गिर्दो अवस्थाका कारण कालोसूचीमा राख्न बाध्य भयौं’ ईरोपियन यूनियनका यातायात आयुक्त सिम कल्लासले भन्नुभयो- ‘कालोसूचीमा परेपछि सुधारका प्रक्रिया चाल्न नेपाल वायुसेवा निगमलाई दबाब पुग्ने आशा गरेका छौं ।’ उहाँले फिलिपिन्स, सुडान र जाम्बियाले कालोसूचीमा परेपछि सेवामा सुधार गरिरहेको बताउनुभयो ।
उडानमा प्रतिबन्ध लगाएपछि अब ईयूका वायूसेवा कम्पनी र ट्राभल एजेन्टहरुले टिकट बुक गरिसकेका यात्रुलाई जानकारी गराएर रकम फिर्ता दिनुपर्ने बताइएको छ । ईयूले बिहीबार सार्वजनिक गरेको कालोसूचीमा २१ देशका २९५ वायूसेवा कम्पनी छन् ।
####




0 comments

Write Down Your Comment