लुम्बिनीको आर्थिक विकासका लागि औद्योगिक करिडोरको विकासमा ध्यान दिऔं’
####good
सो अवसरमा राष्ट्रपति यादवले लुम्बिनीको समग्र आर्थिक विकासका लागि यस क्षेत्रमा रहेका औद्योगिक करिडोरहरुको विकासमा ध्यान दिनुपर्ने बताए ।
राष्ट्रपति यादवले भैरहवाको क्षेत्रीय विमानस्थललाई अन्तराष्ट्रियस्तरको बनाउन सकिए त्यसले आर्थिकस्तर बढाउन सहयोग पुर्याउने पनि बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले मुलुकको विकासका लागि श्रमशक्तिको पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिए ।
नेपालमा विदेशी लगानी भित्र्याउनुपूर्व स्वदेशी श्रमशक्तिलाई मुलुकले रोक्न सक्नुपर्ने उनको भनाइ छ । वैद्यले दलहरुले गरेका प्रतिबद्धता अनुसार एक वर्षभित्र संविधान जारी गर्नेतर्फ ध्यान केन्द्रित गर्न पनि दलहरुको ध्यानाकर्षण गराए ।
बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा ५ सय ४० वटा स्टल राखिएका छन् । मेलाको ५ लाखले अवलोकन गर्ने र १५ करोड रुपैयाँ बराबरको कारोवार गर्ने आयोजकको अपेक्षा छ ।
अन्तर्राष्ट्रिय व्यापार मेलाको पूर्वसन्ध्यामा महासंघले चार वटा क्षेत्रीय व्यापार मेला गर्ने भने अनुसार बुटवल व्यापार मेलाको आयोजना गरिएको हो ।
####
.jpg)




0 comments
Write Down Your Comment