१२ घण्टाभन्दा बढी लोडसेडिङ हुँदैनः उर्जामन्त्री
####good
१० पुस, चितवन । ऊर्जा मन्त्री उमाकान्त झाले आगामी हिउँद्मा दैनिक अधिकतम् १२ घण्टाभन्दा बढी विद्युतभार कटौती नहुने बताउनुभएको छ ।नारायणी नदीको तटबन्धन निरीक्षणका लागि चितवन आउनुभएका मन्त्री झाले भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दैनिक १२ घण्टाभन्दा बढी विद्युतभार कटौती नहुने दावी गर्नुभयो । गतवर्ष दैनिक १५ घण्टा पुगेको विद्युतभार कटौती यस वर्ष १२ घण्टाभन्दा बढी नहुने उहाँको भनाइ थियो ।
भारतबाट दुई सय मेगावाट बिजुली आयात गर्ने तयारी गरेकाले पनि विद्युतभार कटौती घट्ने मन्त्री झाले बताउनुभयो । सरकार अल्पकालीन र दीर्घकालीनरुपमा विद्युतभार कटौती अन्त्य गर्न लागिपरेको मन्त्री झाले बताउनुभयो ।सरकारले विद्युत चोरी नियन्त्रण र सञ्चालनमा रहेका विद्युत परियोजनाबाट अधिकतम् विद्युत उत्पादनमा ध्यान केन्दि्रत गरेकाले पनि यो सम्भव हुने उहाँले बताउनुभयो । सिँचाइ मन्त्री समेत रहनुभएका झाले सरकारले नारायणी नदीमा सञ्चालन गरेको जनताको तटबन्धन कार्यक्रमलाई प्रथामिकतामा राखेको समेत बताउनुभयो । रासस
####
.jpg)



0 comments
Write Down Your Comment