'सक्छौ भने मलाई गिरफ्तार गर'-;डा. बाबुराम भट्टरा
####good
जनयुध्दकालीन मुद्दामा गोरखा फुजेलका परशुराम पौडेललाई वर्तमान सरकारले गिरफ्तार गर्नु व्रिहद शान्ति सम्झौताको ठाडो उल्लंघन हो । २०५२ फागुन १ गते देखि २०६३ मंसीर ५ गतेसम्मका सबै त्यस्ता मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोग(TRC) को परिधिभित्र पर्ने स्पष्ट छँदाछदै केही शान्ति र मेलमिलाप विरोधी तत्वहरुको उक्साहटमा आएर वर्तमान सरकारले यस्तो हर्कत गर्नु सर्वथा निन्दनीय छ ।

कसैले दुर्नियतपूर्ण ढंगले भोकहड्ताल गर्यो भन्दैमा TRC गठन गर्नुको साटो यसरी मुद्दा चलाउन थाल्ने हो भने द्वन्दकालमा दुवै पक्षद्वारा मारिएका र वेपत्ता पारिएका १७ हजार परिवारले भोकहड्ताल गरे भने के गर्ने ? त्यसपछि के शान्तिप्रक्रिया बाँकि रहन्छ ? TRC मार्फत शान्ति र मेलमिलाप कायम गर्ने कि प्राचीन कालको ' आँखाको बदला आँखा र दाँतको बदला दाँत' को जंगली सिध्दान्त अपनाउने ?

त्यसैले हामी वर्तमान सरकारलाई पहिले सहमति भए बमोजिम TRC तुरुन्त गठन गरेर सबै द्वन्दकालीन मुद्दाको एकसाथ टुंगो लगाउन आग्रह गर्दछौं । अन्यथा तत्कालीन ' संयुक्त क्रान्तिकारी जनपरिषद्' अर्थात् समानान्तर सरकारको प्रमुखको हैसियतले मलाई गिरफ्तार गरेर मुद्दा चलाउन चुनौति दिन चाहन्छौं ।
####




0 comments

Write Down Your Comment