समानुपातिक सभासद् चयनमा एमाओवादीमा तनाव
####good
२७ महिला र २७ पुरुष, सबै नयाँ अनुहार
काठमाडौं, पुस १५ - संविधानसभाको तेस्रो ठूलो दल एमाओवादीमा समानुपातिक सभासद् चयनमा तनाव भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले एकलौटी सूची तयार पारेपछि नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेर निस्केका छन् । भट्टराई र श्रेष्ठ निस्किएपछि 'हेडक्वाटर'मा रहेका अध्यक्ष दाहाल र नेता पोस्टबहादुर बोगटीले सभासद् छानेका छन् । उनीहरुलाई 'हेडक्वाटर'मा नरहेका नेता वर्षमान पुनले साथ दिए ।एमाओवादी नेता बोगटी, पुनले सोमबार साँझ निर्वाचन आयोगमा पुगेर समानुपातिक सूची बुझाएका हुन् । प्रत्यक्षतर्फ २६ सिट जितेको उसले समानुपातिकमा ५४ सिट पाएको छ ।
केन्द्रीय समितिमा सभासद् चयनमा सहमति नभएपछि दाहाल, भट्टराई, श्रेष्ठ र बोगटी रहेको 'हेडक्वाटर'लाई जिम्मा दिइएको थियो ।
चुनावमा धाँधली भएको भन्दै संविधानसभामा जान आनाकानी गरेको एमाओवादीले दलहरुबीच चार बुँदे सहमतिपछि सूची बुझाउन राजी भएको हो ।
आयोगमा सूची बुझाएपछि बाहिरिएका एमाओवादी नेता वर्षमान पुनले कुनै पनि पुराना सभासद् नदोहोरिएको बताएका छन् । उनका अनुसार एमाओवादीबाट २७ महिला र २७ पुरुषको नाम बुझाइएको छ ।
नाम बुझाउँदा कोटाअनुसार केही नमिलेकाले पुनः सच्याइने उनले बताए । आयोगले तीन दिनसम्म सच्याउन समय दिनेछ ।
एमाओवादीको समानुपातिक सूची केहीबेरमा प्रकाशन गर्नेछौँ ।
####
.jpg)




0 comments
Write Down Your Comment