सभासद् छनोटमा कांग्रेसमा असन्तुष्ट, १५ केन्द्रीय सदस्यको नोट अफ डिसेन्ट
####good
काठमाडौं, पुस १५ - कांग्रेसमा पनि समानुपातिक सभासद् छनोटमा असन्तुष्टि जनाउँदै १५ केन्द्रीय सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।
आधार र मापदण्डबिना सभासद् छानिएको भन्दै केन्द्रीय सदस्यहरु गगन थापा, चन्द्र भण्डारी, अर्जुन जोशी, दीपकुमार उपाध्याय, आमोदप्रसाद उपाध्याय, राजन पन्त र बाबुराम रानाले नोट अफ डिसेन्ट लेखेका हुन् ।
यसैगरी सुरेन्द्र पाण्डे, मिना सुब्बा, रमेश रिजाल, जीवन शाही र अजय चौरसियाले सभासद् छनोटमा असन्तुष्टि राख्दै नोट अफ डिसेन्टमा हस्ताक्षर गरेका छन् ।
असन्तुष्ट नेताहरुले आधार मापदण्डबिना सभासद् छानिएको, प्रत्यक्षमा प्रतिनिधित्व नभएका २५ जिल्लामध्ये केहीबाट प्रतिनिधित्व नभएको, सवै भ्रातृ संस्थालाई नमटेको, गुटमा भागबण्डा गरेको भन्दै विरोध गरे ।
प्रत्यक्षमा १ सय ५ सिट जितेको कांग्रेसले समानुपातिकमा ९१ जना सभासद् छनोट गरी सोमबार नै निर्वाचन आयोगमा बुझाएको छ ।


####




0 comments

Write Down Your Comment