सबै खेल जित्यो नेपालले
####good
नेपालकी राष्ट्रिय क्रिकेट टोलिले श्रीलंङकामा खेलेका ४ वटै खेलमा जित हात पारेको छ ।
नेपालले आफ्नो पछिल्लो खेलमा विहीबार श्रीलंका ब्लुमफिल्ड क्रिकेट क्लबलाई १६ रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो ।२ सय ४७ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको घरेलु टोली ब्लुमफिल्ड ४९ दशमलव ४ ओभरमा २३० रनमा समेटिएपछि नेपालले खेल जितेको हो ।
लगातार चौथो जित दर्ता गर्ने क्रममा नेपालका कप्तान पारस खड्काले सर्वाधिक ६२ रनको महत्वपूर्ण पारी खेले । सुबास सकुरेलले ४१ र विनोद भण्डारीले २८ रन बनाए ।
आगामी मार्चमा न्युजिल्यान्डमा हुने वान डे विश्वकप छनोट खेल्नुअघि १० दिने अभ्यासका लागि नेपाली टोली श्रीलंका गएको हो ।
श्रीलंकामा रहँदा नेपालले यसअघि कोलम्बो कल्टस, मोर्स क्रिकेट र पोर्ट अथोरिटी क्लबलाई हराएको थियो ।
####
.jpg)



0 comments
Write Down Your Comment