एमाओवादी कार्ड प्रयोग गरेर कांग्रेसले एमालेलाई एक्लाउन खोज्यो : ज्ञवाली
####good
भक्तपुर, पौष ११ । एमाले नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले एमाओवादी कार्ड प्रयोग गरेर एमालेलाई एक्लाउन खोजेको आरोप लगाएका छन् । आज भक्तपुरमा आयोजित कार्यक्रममा उनले कांग्रेसले एमालेलाई एक्ल्याउन खोजे कांग्रेस मात्रै होइन देशकै लागि घातक हुने दाबी गरे ।

केही दिनअघि दलहरुबीच भएको चार बुँदे सहमति एमाओवादीलाई संविधानसभामा पुर्‍याउने खेल मात्रै भएको ज्ञवालीको भनाइ थियो ।

ज्ञवालीले लोकतन्त्रको अभ्यासलाई जीवन्त राख्न पनि राष्ट्रपति फेर्नु आवश्यक भएको बताए ।


####




0 comments

Write Down Your Comment