मोवाइल नचल्ने गाउँमा इन्टरनेट जोडियो
####good
कार्यालयका ९ वटा डेक्सटप र २ वटा ल्पापटपमा इन्टरनेट जोडिएको एक्याप भुजुङका लेखा तथा प्रशासन सहायक शिव थापाले जानकारी दिनुभयो । पोखराको गोरेटो कम्युनिकेसनले नाल्माको सितलेस्वाँरमा टावर निर्माण गरेर एक्यापमा ५ सय १२ केबिपिएस क्षमताको इन्टरनेट जडान गरेको हो । भुजुङ गाउँभरि इन्टरनेट चलाउन मिल्ने गरी टावर राखेको थापाले वताउनुभयो ।
अब इन्टरनेटबाटै देशविदेशमा कुरा गर्न र खबर थाहा पाउन सकिने भएपछि स्थानीयवासिन्दा खुसी भएका छन् । यसले कार्यालयको काममा पनि सजिलो हुने एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले वताउनुभयो । मोवाइल फोन पनि चलाउन नपाएका पर्यटकले पनि अब इन्टरनेटबाट खबर आदानप्रदान गर्न पाउने भएका छन् ।
गाउँमा इन्टरनेट सुविधा पुगेपछि स्थानीय वासिन्दाले साइबर क्याफे खोल्ने तयारी पनि गरेका स्थानीय बृजबहादुर गुरुङले वताउनुभयो ।
####
.jpg)




0 comments
Write Down Your Comment