ठगी गर्ने म्यानपावर खारेज हुने
####good
म्यानपावर एजेन्सीको शाखा तथा एजेन्टलाई निमयन गर्न, पूर्वश्रमस्वीकृति तथा अन्तिम श्रमस्वीकृतिमा भएको समस्या हटाउन र उजुरी हेर्ने अधिकार क्षेत्रीयस्तरमा दिने व्यवस्थासमेत संसोधित ऐनमा गरिने मन्त्रालयले जनाएको छ । ऐनको प्रारम्भिक मस्यौदा १/२ महिनाभित्र तयार गरेर सरोकारवाला निकायसग छलफल अगाडि बढाएर अन्तिम रुप दिइनेछ ।मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले ऐन समयानुकुल बनाउन, ठगी गर्ने म्यानपावर एजेन्सीलाई कडा कारबाही गर्न र प्राविधिक कारणबाट कामदारको श्रमस्वीकृति रोकिएका समस्या समाधान गर्न ऐन संशोधन आवश्यक रहेको बताएको कारोबार दैनिकमा खबर छ । खड्काका अनुसार ठगी धेरै हुने भएकाले थोरै रकमको जरिवाना सजिलै तिर्ने भएकाले खारेजी सम्मको अधिकार दिनुपर्ने बताएका थिए ।
####
.jpg)



0 comments
Write Down Your Comment