रुपन्देहीमा अत्याधुनिक प्रविधिको चामल उद्योग संचालनमा
####good
रुपन्देही, पौष ७ । रुपन्देहीको धकधईमा अत्याधुनिक प्रविधि जडित चामल उद्योग सञ्चालनमा आएको छ । झण्डै ३० करोडको लागतमा सिद्धि बिनायक एग्रो ईण्डष्ट्रीज सञ्चालनमा ल्याइएको हो । भैरहवाका व्यवसायी राम थापा र महेशप्रसाद जयसवालले संयुक्त लगानीमा उद्योग सञ्चालन गरेका हुन् ।


पाँच बिगाह क्षेत्रफलमा फैलिएको उद्योगले प्रतिघण्टा ८ टन धान कुट्नुका साथै १ सय २५ जना मजदुरलाई रोजगारी प्रदान गरेको छ । सञ्चालक थापाका अनुसार जर्मन र युकेबाट ल्याईएको उच्चस्तरीय अत्याधुनिक प्रबिधिको मेसिनबाट सिद्धी, भकारी, सुपा, सुभेच्छा, बजेटलगायत ब्राण्डका चामल बजारमा ल्याइने छ । उद्योग सञ्चालन गरिएपछि कृषक पनि हर्षित भएका छन् ।
####




0 comments

Write Down Your Comment