इमान्दार मान्छेले राजनीति गर्न नसकिने भो : मीना सुब्बा
####good
१७ पुस, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मीना सुब्बाले इमान्दार मानिसले राजनीति गर्न नसक्ने परिस्थिति सिर्जना हुन थालेको र राजनीतिमा भ्रष्टाचारी एवं खराव मानिसहरुको हाबी हुन थालेको बताउनुभएको छ । नेपाली कांग्रेसको समानुपातिक सूचीमा आफूसहित ४ जना केन्द्रीय सदस्यलाई छुटाएर केन्द्रीय समितिमा नरहेका एवं विगतमा पनि सभासद भइसकेकालाई दोहोर्याउनुको कारण आफूले बुझ्न नसकेको सुब्बाले बताउनुभयो ।
सबै केन्द्रीय सदस्यलाई सभासदमा छनोट गर्ने तर, केन्द्रीय सदस्य, जनजाति एवं एकल महिला समेत रहेकी मलाई छुटाउनुपर्ने कारण के थियो ? मैले बुझ्न सकेकी छैन ।’ उहाँले अनलाइनखबरसँग भन्नुभयो ।
असन्तुष्ट पक्षको उजुरीका कारण यसो गरिएको हो भने सुजाता कोइराला र डिनालाई समेत उजुरी परेकोमा उहाँहरु छानिएको भन्दै सुब्बाले आफूले पद नपाएकोमा भन्दा पनि विना कारण अन्तिम घडीमा केही नेताद्वारा नाम काटिएकोले आफूलाई अपमानबोध भएको बताउनुभयो । तर, उहाँको नाम अन्तिम घडीमा मीनेन्द्र रिजाल र सुजाता कोइरालाले पूर्वाग्रहका कारण काटिदिएको कांग्रेस कार्यकर्तावीच चर्चा छ । सुब्बा कोइराला निकट नेतृ मानिनुहुन्छ ।
‘म २० वर्षदेखि आफ्ना छोरोछोरीले कमाएको व्यक्तिगत पैसा खर्च गरेर पार्टीमा सक्रिय छु तर मजस्तो भ्रष्टाचार नगर्ने र घरको पैसाले राजनीति गर्ने मान्छेलाई कांग्रेसमा ठाउँ रहेनछ, पैसा खुवाउने र दलाली गर्नेहरुले मात्रै अवसर पाउने रहेछन्, सुनसरीको धरान निवासी सुब्बाले भन्नुभयो, ‘पार्टीले यो अपमानवोधलाई सच्याएन भने अब राजनीतिमा लाग्ने मन मरेको छ, उमेरले पनि रिटायर्ड जीवन बताउने बेला भयो ।’
केन्द्रीय सदस्य भएपछि केही समय भक्तपुरमा खटिएकी सुब्बाले त्यहाँ बोलचालै बन्द भएका नेताहरुलाई मिलाएपछि भक्तपुर कांग्रेसले उहाँलाई सम्मानसमेत गरेको थियो । सुनसरी १ मा प्रत्उयक्षतर्फ उम्मेदवार उठ्ने चर्चा भए पनि समानुपातिकमा राखिएको थियो ।
चुनावमा सुब्बाले आफ्नो व्यक्तिगत तर्फबाट आफ्नै पार्टीका प्रत्यक्ष उम्मेदवार चन्द्रबहादुर श्रेष्ठलाई ७० हजार रुपैयाँ सहयोगसमेत दिनुभएको थियो । तर, श्रेष्ठका सहयोगीले ३ लाख चाहिन्छ भन्दै सो रकम टेबलमा पछारेको उहाँको गुनासो छ । चुनावपछि श्रेष्ठको समूहले आफूलाई सहयोग नगरेको र हराएको आरोप सुब्बामाथि लगाउँदै केन्द्रमा उजुरीसमेत गरेको थियो । चुनावमा श्रेष्ठले आफ्नो चुनाव प्रचारको पोष्टरमा केन्द्रीय सदस्यको नाम र तस्वीर राखेका थिएनन् ।
छोराछोरी विदेशमा रोजगारीका लागि गएका र नेपालमा एक्लै बस्ने गरेकी सुब्बाले २० वर्षसम्म आफ्नै व्यक्तिगत खर्चमा कांग्रेसको राजनीति गर्दै आउनुभएको छ । ०६४ को चुनावमा पनि उहाँको नाम पहिले समानुपातिकमा नाम राखेर पछि हटाइएको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment