दुईबुँदे ज्ञापनपत्र बोकेर प्रचण्डनिवास पुगे बाबुराम र नारायणकाजी
####good

नेताद्वयको दुई बुँदे असहमतिपत्रको पहिलो बुँदामा ‘क’ देखि ‘घ’सम्म उपबुँदा छन् । सभासद छनोटमा केन्द्रीय कार्यालयले निर्धारण गरेको मापदण्ड उल्लंघन गरिएको र छनोट प्रक्रियामा एकरुपता नअपनाइएको भन्दै पहिलो बुँदामा २० जिल्लामा प्रतिनिधित्व छुटेको, शहीद, वेपत्ता र घाइतेलाई प्राथमिकता दिने भनिएकोमा त्यसको विपरीत गरिएको भन्दै सच्याउन आग्रह गरिएको छ । अन्तरघात गर्नेलाई सभासद् नबनाइनुपर्नेमा झन् पुरस्कृत गरिएको नेताद्वयले ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ ।
एमाओवादी स्रोतका अनुसार भट्टराई र श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा गुट-उपगुट र आग्रह-पूर्वाग्रह त्यागेर कार्यकर्ता एवं जनतामा सकारात्मक सन्देश दिनुपर्नेमा फरक मतप्रति असहिष्णु बनेको प्रचण्डमाथि आरोप लगाइएको छ । ‘यस्तो निर्णयप्रति तीव्र आपत्ति प्रकट गर्दै तुरुन्त सच्याउन आग्रह गर्दछौं ।’ दुईबुँदे ज्ञापनपत्रको भूमिकामा भनिएको छ ।
प्रत्यक्षतर्फ तीनवटै सीट जितेको गोरखा जिल्लाबाट समानुपातिक सभासद बनाइएको, त्यसमा पनि महिला बनाएको भए मान्न सकिनेमा पुरुषलाई ल्याइनु न्यायपूर्ण नभएको भट्टराई र श्रेष्ठको तर्क छ । गोरखा नेताद्वयको गृहजिल्ला हो ।
विहीबार छलफल गर्ने प्रचण्डको आश्वासन
स्रोतका अनुसार दुई वरिष्ठ नेतासँग शुक्रबार छलफल गर्ने प्रचण्डले बताउनुभएको छ । ‘तपाईहरुले उठाएको यो विषयले पार्टीलाई झनै अप्ठ्यारो त पर्दैन ?’ भन्दै प्रचण्डले चासो व्यक्त गर्नुभएको थियो ।
####
.jpg)



0 comments
Write Down Your Comment