जलविद्युतमा ओइरियो अर्बौंको लगानी
####good
चार महिनामै १४ परियोजनाका लागि डेढ खर्बको प्रतिवद्धता
१८ पुस, काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण चमत्कारिक रुपमा बढेको छ । सरकारले लिएको नीति र राजनीतिक दलहरुको प्रतिवद्धतासँगै जलविद्युत् क्षेत्रमा लगानीको प्रस्ताव ओइरो लागेको हो ।
 उद्योग विभागका अनुसार गत कात्तिकसम्म दर्ता भएका १४ कम्पनीले ५ सय ६८ मेगावाट विद्युत् उत्पादनका लागि १ खर्ब ६० अर्ब ८ लाख रुपैयाँ लगानीको प्रतिवद्धता गरेका छन् । गत वर्षको सबै क्षेत्रको लगानीको प्रतिवद्धताभन्दा चालू आर्थिक वर्षको पहिलो चार महिनामा जलविद्युत् क्षेत्रमा मात्रै ४० अर्ब बढी लगानीको प्रतिवद्धता आएको हो । गत वर्ष नेपालका सबै क्षेत्रमा १ खर्ब १९ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता आएको थियो ।
भारतको एसजेबीएन लिमिटेड एक्लैले संखुवासभामा रहेको अरुण ३ मा १ सय मेगावाट विद्युत् उत्पादन गर्न ८२ अर्ब ८५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताब गरेको छ
River जसको नेतृत्वमा सरकार बने पनि जलविद्युत्को क्षेत्रमा निजी क्षेत्रको प्रस्ताव अनुसार सरकार अघि बढ्ने कुरामा विश्वस्त भएर लगानीकर्ताहरु जलविद्युत्मा लगानी गर्न आकषिर्त भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले जानकारी दिनुभयो । ‘हामीलाई विश्वास छ, अब बन्ने सरकारले जलविद्युत्को क्षेत्रमा केही न केही घोषणा गर्छ’ बैद्यले भन्नुभयो -’त्यसैले लगानीकर्ताहरु आकषिर्त भएका हुन् ।’
 पछिल्लो समयमा सरकारले लिएको नीति र राजनीतिक दलहरुको प्रतिवद्धतासँगै जलविद्युत् उत्पादनमा ठूलो संभावना देखेर लगानी गर्नेहरुको ओइरो लागेको जलविद्युत् क्षेत्रका ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानको भनाइ छ । ‘जलविद्युत् विकासमा दलहरुले देखाएको प्रतिवद्धता र सरकारले लिएको नीतिले लगानीकर्ता आकषिर्त भएका छन् ।
यद्यपि कार्यान्वयन नभएसम्म लगानीकर्ताहरुले निर्माणकार्य थाल्छन् भन्न सकिँदैन,’ प्रधानले अनलाइनखबरसँग भन्नुभयो -’यही अवस्था निरन्तर रहे आगामी पाँच वर्षमा जलविद्युत क्षेत्रमा अहिले भएको लगानीभन्दा १ सय गुणा बढी लगानी भित्रिन्छ ।’
उद्योग विभागका अनुसार भारतको एसजेबीएन लिमिटेड एक्लैले संखुवासभामा रहेको अरुण ३ मा १ सय मेगावाट विद्युत् उत्पादन गर्न ८२ अर्ब ८५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताब गरेको छ । त्यसैगरी हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले कास्कीमा जलविद्युत् उत्पादनका लागि २४ प्रतिशत अर्थात् एक अर्ब ६० करोड विदेशी लगानीको प्रतिवद्धतासहित कूल सात अर्ब रुपैयाँ लअगानी गर्ने प्रतिवद्धता जनाएको छ । सरकारले पनि जलविद्युत् क्षेत्रमा लगानी गर्दा करमा सहूलियत, सम्पत्तिको स्रोत खोल्नु नपर्ने र जलविद्युत् परियोजनामा सुरक्षाको प्रत्याभूति गराउने प्रतिवद्धता गरेको छ ।
 विभागका अनुसार आर्थिक वर्ष ०६९/०७० मा नेपालको निजी क्षेत्रले जलविद्युत् क्षेत्रमा सबैभन्दा बढी लगानीको प्रस्ताब गरेको थियो । सो बर्ष निजी क्षेत्रले जलविद्युत्मा २ खर्ब ६९ अर्ब रुपैयाँ लगानीको प्रस्ताब गरेको थियो । गत आर्थिक वर्षको अन्त्यमा उर्जामा लगानी गर्ने प्रतिवद्धतासहित उद्योग विभागमा दर्ता भएका कम्पनीहरुको संख्या १ सय ८४ थियो । चालू आवको पहिलो चार महिनामा १४ उद्योग कम्पनी थपिएपछि जलविद्युत्मा लगानी गर्ने उद्देश्यले दर्ता हुने कम्पनीको संख्या १ सय ९८ पुगेको छ ।


####




0 comments

Write Down Your Comment