ठुलो क्षतिबाट बच्यो मिसन अस्पताल
####good
आगो लागे लगत्तै अस्पतालमा रहेको आगो निभाउने सिस फायरको मद्दतले स्थानीय बासिन्दा, अस्पतालका कर्मचारी र प्रहरीले आगो नियन्त्रणमा लिए । ‘धन्न सिलिण्डर पड्किएन’ अस्थायी प्रहरी चौकी भुसालडाँडाका प्रमुख गोबिन्द न्यौपानेले भन्नुभयो ‘पड्एिको भए ठूलो क्षति बेहोर्नुपर्थ्यो ।’ घटना लगत्तै दमकल सहित जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको टोली पनि पुगेको थियो । क्यान्टिनमा ३ वटा खाना पकाउन प्रयोग गरिएको ग्यास सिलिन्डर थियो भने अरु ७ वटा प्रयोग नगरेको सिलिन्डर थियो ।
आगोलागीले क्यान्टिनमा रहेका टेबुल कुर्सी र भित्तामा क्षति पुगेको छ । ग्यासमा जोडिएको पाइपबाट हावा लिक भएर आगो लागेको प्रहरीले जनाएको छ । मिसन अस्पतालकै भवनको तल्लो भागमा क्यान्टिन सञ्चालन हुदै आएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment