यसरी रोए रोनाल्डो (भिडियोसहित)
####good
पुस ३० – पोर्चुगलका स्ट्राइकल क्रिष्टियानो रोनाल्डोले यो वर्षको फिफा ब्यालोन डे ओर अर्थात फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् ।
रोनाल्डोले फ्रेन्च स्टार फ्राङ्क रिबेरी र अर्जेन्टिाइन स्टार लियोनल मेस्सीलाई पछि पार्दै यो उपाधि जितेका हुन् । रोनाल्डोले २००८ मा पनि यो उपाधि जितेका थिए । विश्वका १ सय ८४ देशका प्रशिक्षक तथा कप्तान र १ सय ७३ खेल पत्रकारले दिएको भोटका आधारमा विजेता छनोट गरिएको थियो ।
लगातार ४ पटक फिफा वर्ष खेलाडी बनेका मेस्सीलाई पछि पार्दै रोनाल्डोले यो उपाधि जिते । २८ वर्षीय रोनाल्डो पोर्चुगलको राष्ट्रिय टोलीका कप्तान तथा स्पेनी जाइन्ट रियल मड्रिडका स्ट्राइकर हुन् । रोनाल्डोले कुल १ हजार ३ सय ६५ मत अंक पाएका थिए ।
यस्तै मेस्सीले १ हजार २ सय ५ र रिबेरीले १ हजार १ सय २७ मत पाएका थिए । रोनाल्डोले २०१३ मा क्लव तथा देशका लागि ५६ खेलमा ६६ गोल गरेका थिए । स्वीडेन विरुद्ध उनले गरेको उत्कृष्ट ह्याट्रिकको मद्दतले पोर्चुगल यही वर्ष ब्राजिलमा हुने विश्वकप फुटबलमा छनोट भएको थियो ।
‘सर्वप्रथम त म मेरा सहकर्मीलाई धेरै धन्यवाद दिन चाहन्छु,’ उपाधि जितेपछि रोनाल्डोले भने, ‘उनीहरुको साथ र सहयोगले नै मैले यो उपाधि जितेको छु । यो उपाधि जित्नु मेरा लागि त्यती सजिलो थिएन ।’ निकै भावुक मुद्रामा प्रस्तुत भएका रोनाल्डोले आफ्नी श्रीमती र छोरालाई पनि विशेष गरी सम्झिए ।
यस्तै दि ब्यालोन डेओर प्रिक्स डि अनररबाट ब्राजिलका पेलेलाई सम्मान गरिएको छ । यो वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि जर्मन गोलकिपर नाडिने एंगररले पाईन् भने वायर्न म्यूनिखका पूर्व प्रशिक्षक जुप हेन्केस कोच अफ दि इयर भए ।
एजेन्सीको सहयोगमा
####
.jpg)



0 comments
Write Down Your Comment