गुड्दै गरेको बसमा फायरिङ गरेर लुटपाट
####good
सर्लाही- काठमाडौंबाट सिन्धुली जाँदै गरेको यात्रुबाहक बस गुडिरहेकै अवस्थामा लुटिएको छ। लुटेराहरुले बसभित्रै फयरिङ गर्दै सर्लाहीको जंगलमा गुडिरहेको बसमा ३५ मिनेटसम्म लुटपाट गरेको छ। सर्लाहीको सागरनाथ जंगलअर्न्तगत पर्ने फुलजोर चौकबाट गुडदै गरेको ना४ख १५०१ नम्बरको बसमा हतियार देखाउँदै लुटपाट भएको प्रहरीले जनाएको छ।
काठमाडौंको कलंकी र हेटौडाबाट चढेका ९ जान यात्रुले नै गुड्दै गरेको बसमा हतियार देखाएर लुटपाट गरेको हो।
लुटेराहरुले कटुवा पेस्तोल र खुकुरी देखाएर महोत्तरीको भप्सी खोलासम्म लुटपाट गरेका छन्। फुल्जोरदेखि भप्सी खोला विश्वकर्मा चौकसम्म करिब २०/२२ किमीको दूरीमा बसभित्रै फयर गरेर लुटपाट गरिएको इलाका प्रहरी कार्यालय इश्वरपुरका प्रहरी निरीक्षक यज्ञप्रसाद भट्टराइले बताए। बसको क्षतमा फयरको प्वाल रहेको उनले भने।
नेपाल प्रहरीको फुल्लोजर चौकमा प्रहरी चौकी र बाँकेमा नेपाल प्रहरीको पोष्ट रहेको छ। लुटपाट भएकै जंगलभित्र सर्लाहीमा सागरनाथ जंगलभित्रै लच्चका सशस्त्र प्रहरी वेशक्याम्प र महोत्तरीको लक्ष्मीनियाँ चौकमा समेत सशस्त्र प्रहरीको क्याम्प छ। तर लुटेराहरुले गुड्दै गरेको बसमा महोत्तरीको छिन्नमस्ता गण सम्म यात्रुलाई कुटपिट गर्दै लुटपाट गर्न सफल भएका छन्। लुटेराहरुले भप्सी खोला नजिक आएर बस छोडेर भागेको प्रहरी निरीक्षक भट्टराइले बताए। यात्रुहरुबाट लुटेराले मोबाइल, नगद र गहना लुटेको प्रहरीले जनाएको छ। बसबाट २० थान मोबाइल, २.५ तोला सुन, ६ तोला चाँदी र नगद करिब २ लाख भन्दा बढी लुटिएको छ।
कलंकीबाट बस चढेका ४ जना र हेटौडाबाट चढेका ५ जनाले बिहान ४ बजे फुल्जोर चौक हुदै जंगल पसेपछि बस कब्जामा लिएर लुटपाट गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक अशोक झाले बताए। बस चालक कृष्णकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर लुटेराहरुले आफैं बस चलाएर ल्याएको प्रहरीले जनाएको छ। बसमा लुटपाट बढेपछि सर्लाही र महोत्तरुीको जंगलमा सशस्त्र प्रहरी बेश क्याम्प स्थापना गरिएको थियो।
लुटपाटको खबर पाएपछि जंगलतर्फ गएका सुरक्षाकर्मीले मोटरसाइकलसहित एक जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। लुटपाट सम्बन्धमा सर्लाही र महोत्तरीका प्रहरी संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ।
####
.jpg)




0 comments
Write Down Your Comment