संविधान र स्थानीय निर्वाचन नभए पार्टीमा दास भएर बस्दैनौं : थापा
####good
काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी एक वर्षभित्र संविधान निर्माण र स्थानीय निकायको निर्वाचन नगरे नेताहरुको दास भएर पार्टीमा बस्नुको औचित्य नहुने बताए । उनले भने–सधै नेताहरुले जे गर्छन त्यसमा ताली पड्काएर बस्नुको औचित्य छैन । त्यसपछि यूवाहरुले नयाँ ढंगले सोच्नु पर्छ । समानुपातिको सूचि बनाउँदा नेपाली काग्रेस पार्टीले निर्णय नगरी महाराजगञ्ज दरवार र बुढानिलकण्ठ दरवारी मोर्चाको हुकुम प्रमाङगिबाट भएको आरोप लगाउँदै काग्रेसभित्र भागबण्डाको नाममा काले काले मिलेर खाँउ भालेको शैली देखिएको बताए ।उनले कांग्रेसभित्र समानुपातिक सभासद चयनमा ४० र ६० प्रतिसतको भाग बण्डा पहिला नै भईसकेकोले चयनमा भन्दा पनि गुट भित्रका उपगुटहरुवीच सभासद बाडफाडको विषयलाई लिएर ढिला भएको भन्दै अब समानुपातिक निर्वाचन प्रणाली नै हटाउनु पर्ने माग गरे । थापाले भने–नेताहरुले पार्टी नै चलाउन जान्नु भएन । जसको मुल्य लोकतन्त्रले चुकाउनु परेको छ । अझै समानुपातिक निर्वाचन प्रणालीले त दल सञ्चालन र लोकतन्त्रमा झनै ठूलो समस्या ल्यायो ।
अब यो प्रणालीको अन्त्य गर्नु पर्छ । उनले समानुपातिक निर्वाचन प्रणालीको साटो प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेशी गर्ने निर्वाचन प्रणाली खोज्नु पर्ने भन्दै आगामि संविधानमा समानुपातिक प्रणाली लेखिए त्यो मुलुककै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिए । थापाले पार्टीभित्र न्याय गर्न नसक्ने नेताहरुले सहमतिको राग अलाप्न नहुने तर्क गर्दै १ वर्षभित्र सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्नु पर्ने जिकिर गरे ।
पार्टीसँग पैसामा सभासद किनेका र आफ्न्त भएकाले सभासद बनेकाहरुवीच आफू बसेर संविधान निर्माणमा बहस गर्नु लाजमर्दो अवस्था भएको समेत गुनासो साक्षात्कारमा गरे । उनले संसदीय समितिमा सहमति गर्ने, केन्द्रीय समितिमा मौन बस्ने अनि बाहिर सञ्चारमाध्यममा आफ्नो असहमति जनाएको भन्दै पार्टीको नेताको त्यस्तो चरित्र प्रति आक्रोस समेत ब्यक्त गरे ।
####
.jpg)



0 comments
Write Down Your Comment