उपत्यकाका १ सय ११ किलोमिटर सडक कालोपत्र गर्ने सरकारी प्रतिबद्धता
####good
आगामी असार मसान्तसम्ममा सडक विभागले १९ र महानगरपालिकाले थप तीन किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य निर्धारण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् अनुगमन समितिका संयोजक कृष्णहरि बाँस्कोटाले राससलाई बताए।
यसैवर्ष कालोपत्र गरिने सडकमा माइतीघर–तीनकुने, बानेश्वर–शङ्खमूल, बल्खु–टियू गेट, लैनचौर–बूढानीलकण्ठ, माइतीघर–भद्रकाली र रानीबारी सडक रहेका छन् भने नक्साल–मित्रपार्क, छिन्नलता मार्ग, किचनडोल मार्ग, वराह मार्ग, बालुवाटार सडक, थीरवम सडक, टेकुपचली–कालोपुल, ताहाचल–गाईबाच्छापाटी, साझाघुम्ती–कुमारी मार्ग, भगवान् पाउ–वनस्थली र टङ्केश्वरी–स्वयम्भू सडक छन्।
सचिव बाँस्कोटाका अनुसार डिभिजन सडक कार्यालय ललितपुरले पुल्चोक–ज्ञानोदय मोड, एकान्तकुना–भनिमण्डल, सातदोबाटो–कर्मनासापुल, पाटन अस्पताल–महालक्ष्मीस्थान, महिला प्रशिक्षण केन्द्र–चक्रपथ, चक्रपथ–बालकुमारी र जावलाखेल–सेन्टमेरिज पश्चिम सडक कालोपत्र गर्नेछ।
त्यसैगरी, डिभिजन सडक कार्यालय भक्तपुरलाई कौशलटार–बिरुवा–जगदम्बा टावर निकोसेरा–एसओएस–लोकन्थली राम मन्दिर र ठिमी–शङ्धर–बालकुमारी सडक पिच गर्ने जिम्मेवारी तोकिएको छ। रासस
####
.jpg)




0 comments
Write Down Your Comment