हस्तक्षेप नभए लोडसेडिङ ४ घण्टाभन्दा बढ्दैन'
####good
काठमाडौ, माघ ५ - नेपाल बिद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले प्राधिकरणलाई हस्तक्षेप मुक्त राखे २ बर्षभित्र लोडसेडिङ ४ घण्टा भन्दा बढ्न नदिने दाबी गरेका छन् । उनले प्राधिकरणलाई आफ्नै गतिमा काम गर्न दिइनुपर्ने माग गरे ।
लोडसेडिङ न्यूनीकरण माग गर्दै ज्ञापनपत्र बुझाउन गएका १३ बिद्यार्थी संगठनका प्रनिनिधीसँगको कुराकानीमा निर्देशक कार्कीले हस्तक्षेप नभए बिद्युत आयोजनाहरु समयमै पूरा हुने विश्वास व्यक्त गरे ।
बिद्यार्थी संगठनले लोडसेडिङ कम गरिनुपर्ने, एसएलसी परीक्षाको बेला लोडसेडिङ मुक्त हुनुपर्ने, भीआईपीलाई दिइएको बिद्युत सुविधा कटौती गरी जनतालाईजस्तै लोडसेडिङको अनुभूति गराउनुपर्ने, उद्योगलाई दिइएको बिशेष बिद्युत सुविधा कटौती गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए ।
कार्कीले एसएसलीको बेला लोडसेडिङ नगर्ने बिषयमा विचार गर्न सकिने आशय व्यक्त गर्दै भीआईपीहरुको आवासमा दिइँदै आएको बिद्युत सुविधाका बारे मन्त्रिपरिषदमा जानकारी गराउने प्रतिबद्धता जनाए ।
'भीआईपीलाई दिइएको बिद्युत सुविधा कटौती गर्ने मेरो अधिकार छैन्', कार्कीको भनाई उद्धृत गर्दै नेवि संघ प्रवक्ता यूपी लामिछानेले भने,'यसबारे मन्त्रिपरिषदमा जानकारी गराउँछु ।'
कार्कीले उद्योगलाई दैनिक १० घण्टा भन्दा बढी बिद्युत दिइएको पाइए कारवाही गर्ने प्रतिबद्धतासमेत जनाएको प्रवक्ता लामिछानेले जानकारी दिए ।
ज्ञापनपत्रमा बिद्यार्थीहरुले विशिष्ट व्यक्तीहरुको आवास क्षेत्रलाई लोडसेडिङ मुक्त गर्ने नीति अन्त्य गर्नुपर्ने, प्राधिकरण कर्मचारीलाई दिइएको बिद्युत सुविधा कटौती गर्नुपर्ने र सरकारी कार्यालयमा हुने दुरुपयोग रोकिनुपर्नेलगायत माग राखेका थिए ।
####
.jpg)




0 comments
Write Down Your Comment