पूर्व लडाकू कमाण्डरको मदिरा पसल
####good
त्यहाँवाट स्वैच्छिक अवकाशमा निस्केका उनै दीपकराज अहिले भने पिली बजार वरपर मदिरा व्यापारीका रुपमा चिनिन्छन् । व्यापार गर्ने भएपछि नाफाघाटाकै कुरो हुँदो रैछ, २८ बर्षीय कार्कीले भने,’यहाँ मदिरा धेरै विक्छ, त्यसैले मदिरा पसल खोलियो । ‘ उनी नेपाली सेनामा अधिकृत तहमा समायोजित हुन चाहन्थ्ये । त्यसका लागि उनले रोकिएको पढाई दशरथपुर शिविरमा बस्दा अघि बढाए । ‘
राष्ट्रिय सेनामा जाने ठूलो रहर थियो । त्यसैका लागि शिविरवाटै मेहेनत गरेर एसएलसी र प्लस टु पनि पास गरे, उनले भने,’क्याप्टेन हुने कुरा चल्दैथियो । पछि सुरुकै शैक्षिक योग्यतालाई मान्यता दिने भनेपछि अधिकृत हुन मन लागेन । बरू, घर फर्केर व्यापार राजे ।’ दीपकसंगै उनी प्लाटुन कमान्डर पत्नी कल्पना पनि स्वैच्छिक अवकाशमा निस्किइन् । अवकाशमा निस्कदा दुवैले ६ लाख र ५ लाख उपदान पाए । त्यसवाट बाँकेको कोहलपुर।मा घडेरी किने । साढे ८ लाखको लगानीमा मदिरा पसल खोले । अब उनीहरु घर बनाउने योजनामा छन् । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment