विमानस्थलमा अब नयाँ ट्याक्सी प्रयोगमा ल्याइने
####good
आज विमानस्थलमा एक कार्यक्रम गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले पर्यटकका लागि प्रयोगमा ल्याएको नयाँ ट्याक्सीको सुरुवात गरेका हुन् । विमानस्थलमा पुराना ट्याक्सी हटाई नयाँ प्रयोग गर्ने भनिएपनि ट्याक्सी चालक एवं कर्मचारी ट्रेड युनियनबीच विवाद रहदै आएको थियो ।
विमानस्थल कार्यालयमा रहेका कर्मचारी युनियनबीच सहमति भएपछि नयाँ ट्याक्सी प्रयोगमा ल्याउन सकिएको कर्मचारीहरुले बताएका छन् । पर्यंटकका लागि लक्षित गरी १ सय ८२ वटा नयाँ ट्याक्सी प्रयोगमा ल्याइएको छ ।
यी नयाँ ट्याक्सी प्रयोगमा ल्याउन विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले सहयोग गरेका छन् । हाल प्रयोगमा ल्याइएका ट्याक्सीहरुमा फोर्ड र सुजुकी ब्राण्डका गाडीहरु रहेका छन् । यसले नेपालको विमानस्थलको छविमा केहि सकारात्मक सन्देश जाने विश्वास विमानस्थलले गरेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment