रुपन्देही गहुँको विउ उत्पादनमा अगाडि
####good
१९ पुस, भैरहवा । गहुँको विउ उत्पादनमा रुपन्देही अग्रस्थानमा देखिएको छ । नेपालका अधिकांश जिल्लामा गहुंको बीउको हाहाकार भइरहेको समयमा रुपन्देहीका किसानले भने गहुंको बीउ अन्य जिल्लामा निर्यात गर्ने गरेका छन् । रुपन्देहीमा उत्पादित गहुंको बीउ नवलपरासी, कपिलवस्तु, पाल्पा, तनहुँ लगायतका जिल्लामा निर्यात हुने गरेको छ । जिल्लामा विजय, भृकुटी, गौतम, एनएल, २ सय ९७ लगायतका गहुंको बीउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिनुभयो ।wheat
रुपन्देहीमा रहेको राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रमले गर्दा रुपन्देही उन्नत जातको गहुको बिउ उत्पादन गर्न सफल भएको अधिकारीले अनलाइनखबरलाई जानकारी दिनुभयषे । उहाँले यस बर्ष कृषि बिकास मन्त्रालयले १२ सय ५० मेटि्रक टन उन्नत जातको गहुँको बिउमा ३५ प्रतिशत अनुदान दिने कार्यक्रममा रहेकोमा रुपन्देहीले १२ सय ५० मेटि्रक टन उन्नत जातको गहुंको बिउ प्राप्त गरेको बताउँदै रुपन्देहीमा आबश्यक ८ सय मेटि्रक टन बाहेक छिमेकी जिल्लामा पठाईको बताउनुभयो ।
जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका अनुसार जिल्लामा दुई वटा सहकारी र तीन वटा निजी कम्पनीले २ हजार ९ सय मेट्रीक टन गहुंको उन्ननत बीउ उत्पादन गर्ने गरेका छन् । रुपन्देहीका ४० हजार किसान गहुँ खेतीमा संलग्न छन् भने जिल्लाको ३० हजार हेक्टर क्षेत्रमा गहुं खेती गरिन्छ ।


####




0 comments

Write Down Your Comment