रात्रीवस नदीमा खस्दा ११ को मृत्यु(भिडियो सहित)
####good
सल्यान, पुस १७ –  (अपडेट) सल्यानको बाँझकाँडामा मंगलबार राती रात्रीबस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । ३२ जना  घाईते भएका छन ।
काठमाडौंबाट रुकुमका लागि छुटेको लु १ ख लु १ ख ८२९० नम्बरको बस सल्यानको बाँझकाँडा १ मुखलाबाट शारदा नदीमा खसेको हो ।
ज्यान जानेमध्ये रुकुम छिवाङ्ग १ की करुणा घर्ती, खलंगा १ का आनन्द केसी, महेन्द्रदल गण रुकुममा कार्यरत राजेश बुढा र ठेगाना नखुलेका प्रेम बुढामगरको मात्र नाम खुलेको छ । घाईते मध्य १४ जनालाई नेपालगञ्ज रेफर गरिएको र अरु १८ जनाको सल्यानको श्रीनगरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनास्थलका केही तस्बिरहरु :भिडियो सहित
####




,

0 comments

Write Down Your Comment