गैरआवासीय नेपाली संघले कर छुट पाउने
####good
करिव दुई साताअघि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अर्थमन्त्री शंकर कोइरालालाई भेटेर एनआरएन गैरनाफामूलक संस्था भएकाले सोही हैसियतमा कर छुट दिन आग्रह गर्नुभएको थियो । संस्थाको आग्रहलाई स्वीकार्दै नेपाल सरकारले एनआरएनलाई कर छुट दिने निर्णय गरेको हो ।आन्तरिक राजश्व कार्यालयले संघलाई दिएको प्रमाणपत्रमा संस्थाको आयमध्ये कुनै ब्यक्तिले सो संस्थालाई दिएको चन्दा, उपहार वा प्रतिफलको आश नगरि प्रदान गरिएको रकम वा योगदानहरुमा कर छुट हुने प्राबधान उल्लेख छ ।
एनआरएले पाउने भुक्तानीमा अग्रिम करकट्टी भएको र त्यसमा कर नलाग्ने भए त्यसबापतको रकम आन्तरिक राजश्व कार्यालयसँग फिर्ता माग्न सक्ने पनि सर्तमा उल्लेख गरिएको छ । त्यसबाहेक अन्य कुनै पनि प्रकारको आयमा एनआरएनले कर छुट पाउने छैन् ।
आफ्नो मागमा नेपाल सरकारले देखाएको तदारुकताप्रति अध्यक्ष घलेले खुसी प्रकट गर्नुभयो । ‘कानुनबमोजिम सामाजिक संस्थाले पाउने सुबिधान नै हामीले मागेका हौं, हाम्रो छिटै सुनुवाई भएकोमा हामी खुसी छौं ।’ घलेले भन्नुभयो ।
गैरआवासीय नेपाली अभियान संघ स्थापना भएको १० बर्षपछि नेपाल सरकारले तीन महिनाअघि नेपालमा दर्ता गरेको थियो । छैटौं विश्व सम्मेलनमार्फत् निर्वाचन नयाँ कार्यसमितिले त्यसश्चात संघको भवन बनाउने, वैदेशिक रोजगारीमा गई अलपत्र कामदारका लागि कल्याणकारी स्थापना गर्ने लगायतका काम सुरु गरेको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment