ट्याक्टरबाट खसेर युवकको मृत्यु
####good
पाल्पा, पुस २० – ट्याक्टरबाट खसेर पाल्पाको दर्छामा एक युवकको ज्यान गएको छ ।

हिजो शुक्रबार बेलुकी साढे ११ बजे दर्छाबाट रामपुर बजार तर्फ आउदै गरेको लु २ त ८९४४ नम्बरको ट्याक्टरबाट खसेर रामपुर ३ का २१ वर्षका अनिल मल्लको ज्यान गएको हो ।
ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका मल्लको उपचारको क्रममा शनिबार दिउसो रामपुर अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी हवल्दार भीम चापागाईले जानकारी दिनुभयो ।
चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
####




0 comments

Write Down Your Comment